महिला ट्राफिक प्रहरीलाई राहत: महिनावारीका बेला सडकमा जानु नपर्ने

महिला ट्राफिक प्रहरीलाई राहत: महिनावारीका बेला सडकमा जानु नपर्ने

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले रजस्वला भएका बेला महिला ट्राफिक प्रहरीलाई चार दिन सडकमा खटिन नपर्ने निर्णय गरेका थिए। गृहमन्त्रीले मङ्गलबारदेखि लागू हुने गरी उक्त निर्णय गरेका थिए।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयको निर्देशनअनुसार गृहमन्त्रीस्तरीय उक्त निर्णय सोही दिनदेखि कार्यान्वयन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालका प्रवक्ता जीवनकुमार श्रेष्ठले बताए। हाल उपत्यकाभित्र दुई सय १३ जना महिला ट्राफिक प्रहरी कार्यरत छन्। थापाथली ट्राफिक प्रहरी वृत्तमा सबैभन्दा धेरै १७ जना महिला ट्राफिक खटिएका उनले जानकारी दिए।

ट्राफिक महिलाले महिनावारीका बेला चार दिन सडकमा खटिनु नपर्ने निर्णयको महिला ट्राफिक प्रहरीले स्वागत गरेका छन्। थापाथली वृत्तकी अञ्जु नेपालीले सरकारको उक्त निर्णयबाट आफूहरूलाई ठूलो राहत हुने बताए।

यसैबीच, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, सङ्केत बत्ती, गति सीमितलगायत सवारी नियम उल्लङ्घन गर्नेहरूलाई भविष्यमा त्यस्ता गल्ती दोहोरिन नदिने उद्देश्यले ट्राफिक प्रहरीसँगै उनीहरूलाई स्वयंसेवकका रूपमा सडकमा खटाएको छ। सवारी नियम उल्लङ्घनकर्तालाई उनीहरूले त्यसो नगर्न सम्झाउने छन्।

Logo