मापसे गर्नेलाई सडकमा उभ्याउने गृहमन्त्रीकाे निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश

मापसे गर्नेलाई सडकमा उभ्याउने गृहमन्त्रीकाे निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयंसेवकको रुपमा सडकमा खटाउने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठकाे इजलासले यस्ताे आदेश जारी गरेकाे हाे ।

गृहमन्त्री लामिछानेले यही जेठ १५ गते गणतन्त्रको अवसरमा ट्राफिक महिलाले महिनावारीका बेला चार दिन सडकमा खटिनु नपर्ने र मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, सङ्केत वत्ती, गति सीमितलगायत सवारी नियम उल्लङ्घन गर्नेहरूलाई भविष्यमा त्यस्ता गल्ती दोहोरिन नदिने उद्देश्यले ट्राफिक प्रहरीसँगै उनीहरूलाई स्वयंसेवकका रूपमा सडकमा खटाउने निर्णय गरेको थियो । उनीहरुलाई भोलिपल्टैबाट सिंहदरबार चोक, माइतीघर, पुतलीसडक, पद्मोदय मोड, सातदोबाटो, चापागाउँ दोबाटो, भक्तपुरमा खटाइएको थियो । तर, त्यसविरुद्ध परेको रिटमा सर्वोच्चले यो अन्तरिम आदेश दिएको हो ।

Logo