श्रोत नखुलेको ६९ लाख नेपाली रूपैयाँसहित चार चिनियाँ पक्राउ

श्रोत नखुलेको ६९ लाख नेपाली रूपैयाँसहित चार चिनियाँ पक्राउ

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-१० भातेढिकुरबाट बुधबार प्रहरीले चारजना चिनियाँ नागरिक पक्राउ परेका छन्।

भातेढुकुरस्थित महेश्वरी पेट्रोल पम्प नजिकै साँगाबाट जगातीतर्फ आउँदै गरेको बा ७० प २८७२ नं. को ट्याक्सी रोकी चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो।

स्रोत नखुलेको ६९ लाख पाँच हजार नेपाली रुपैयाँ नियन्त्रणमा लिई उनीहरुलाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ।

थप कारवाहीका लागि उनीहरुलाई आन्तरिक राजश्व कार्यालय भक्तपुरमा बुझाइएको परिसरका सूचना अधिकृत राजन कार्कीले जनाए।

पक्राउ पर्नेहरुमा चिनियाँ नागरिक भई काठमाडौ बस्ने वर्ष ३२ को छयाग युन, वर्ष ५० को छिग छियालिग, वर्ष २४ को क्यो हावरण र वर्ष ३६ को डेना लाइयू रहेको प्रहरीले जनाएको छ।

Logo