ललितपुरको सप्तपातल पोखरीमा कमलको फूल रोप्ने तयारी

ललितपुरको सप्तपातल पोखरीमा कमलको फूल रोप्ने तयारी

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । ललितपुरमा महानगरपालिकाले ललितपुरको सप्तपातल पोखरीमा कमलको फूल रोप्ने भएको छ ।

शुक्रबार ललितपुरको लगनखेलस्थित सप्तपातल पोखरीको अनुगमनमा गएका ललितपुरका मेयर चिरिबाबु महर्जनले ३० रोपनी जग्गा राजदलसँग फिर्ता लिएर पोखरी निर्माण कार्य सुरु गरेको बताए । १.२ मिटर गहिराइमा रहेको पोखरी कमलको फूल फुलाउनका निम्ती १.५ मिटर चाहिने हुनाले सोही अनुरुप काम थालेको उनले बताए ।

उनले भने, ‘यो क्षेत्र हामीले राजदल गणसँग फिर्ता लिएका हौं । यसको क्षेत्रफल लगभग ३० रोपनी छ । अहिले हामीले यहाँ कमलको फूल फुलाउने तयारीमा छौं । पोखरी १.२ मिटरको गहिराइमा छ । यसको फाइनल गहिराई १.५ मिटर हुनेगरी काम सुरु गरेका छौं । माटो झिकिरहेको छौं । १.५ मिटरमा पानी जम्ने गरी बनाउँछौं । यहाँ कमलको फूल फुल्छ । मलाई लाग्छ डेढ दुई वर्षमा कमलको फूल फुल्छ ।’

Logo