काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले मंगलबार सिंहदरबार घेराउ गर्ने भएको छ।
महाअभियानले मंगलबार वित्तीय समस्या र बैंक वित्तीय संस्थाको अराजकताविरूद्ध काठमाडौं उपत्यकाव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने लागेको हो।
काठमाडौं उपत्यकाका तीन ओटै जिल्लाबाट दिउँसो १ बजे माइतीघरमा भेलाभएर सिंहदरबार घेर्ने कार्यक्रम रहेको आन्दोलन परिचालन समितिका संयोजक विष्णुजङ्ग बस्नेतले बताएका छन्।
प्रसाईं नेतृत्वको अभियानले यस अगाडिपनि वित्तीय समस्या समाधानका लागि विभिन्न प्रदर्शनहरू गर्दै आइरहेको छ।





























प्रतिक्रिया