गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा थप कागजपत्र झिकाउन सर्वोच्चको आदेश

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा थप कागजपत्र झिकाउन सर्वोच्चको आदेश

केन्द्रबिन्दु
182
Shares

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतले थप कागज पत्र झिकाउन आदेश दिएकाे छ। साेमबार न्यायाधीशहरू मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सुनुवाइ सकेपछि सहकारी ठगी प्रकरणमा थप कागजपत्र मगाउन आदेश गरेको हो ।

सर्वोच्चले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धान प्रतिवेदन, जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता गरिएको उजुरी दर्ता किताब, कास्की प्रहरीमै दर्ता भएको अभियोगपत्र, सरकारी वकिल कार्यालय रुपन्देहीले दर्ता गरेको अभियोगपत्र झिकाउन आदेश दिएको छ ।

अधिवक्ता अनुपम भट्टराईसहितले गृहमन्त्री लामिछाने पदमा रहिरहेका बेला सहकारी ठगी प्रकरणको छानबिन हुँदा ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ हुने भन्दै निलम्बनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । यसअघि न्यायाधीश श्रेष्ठको एकल इजलासले यस प्रकरणमा गृहमन्त्री लामिछानेविरुद्ध परेको रिटलाई अग्राधिकार प्रदान गरी अन्तरिम आदेशका लागि आज दुवै पक्षलाई छलफलमा बोलाएको थियो।

Logo