ब्रिटिस काउन्सिलको आयोजनामा युवा तथा जलवायु कार्य सम्मेलन २०२४ सम्पन्न

ब्रिटिस काउन्सिलको आयोजनामा युवा तथा जलवायु कार्य सम्मेलन २०२४ सम्पन्न

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । ब्रिटिस काउन्सिलले युवा तथा जलवायु कार्य सम्मेलन २०२४ सम्पन्न गरेको छ।

जुन ३ मा देखि जुन १० सम्म चलेको सम्मेलको उद्धेश्य हरित अर्थतन्त्र र जलवायु कार्यमा युवा नेतृत्वको अन्तरसम्बन्ध पत्ता लगाउन विभिन्न क्षेत्रका सरोकारवालालाई भेला गर्नु रहेको काउन्सिलले जनाएको छ।

उक्त सम्मेलनमा सहभागीले जलवायु परिवर्तनसँग सम्बन्धित चुनौति र अवसरबारे छलफल गर्ने उद्देश्यले विभिन्न गतिविधिमार्फत सक्रिय रूपमा सहभागिता जनाएको ब्रिटिस काउन्सिलले जनाएको छ। कार्यक्रममा युवालाई रचनात्मकता, सक्रियता र रोकथामका उपायमार्फत जलवायु सङ्कटसँग जुध्न आफ्ना विचारहरू आदानप्रदान गर्ने मञ्च प्रदान गरिएको ब्रिटिस काउन्सिलले जनाएको छ।

नवप्रवर्तनकारी हरित परियोजना प्रस्तुत गर्ने एक हप्ता लामो प्रदर्शनी तारागाउँ नेक्स्ट बौद्धमा जुन १० सम्म खुला रहेको र प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको ब्रिटिस काउन्सिलले जनाएको हो।

भेलाले बुद्धिजीवी, कलाकार, अभियन्ता, समुदायका सदस्य, शिक्षाविद्, शिक्षक र युवा नवविचारहरूलाई दिगो भविष्यमा योगदान पुर्याउनको लागि सिर्जनशीलता, उद्यमशीलता, र वातावरणीय दिगोपनको खोजी गर्न सबैलाई एकताबद्ध गरेको थियो।

नेपालका लागि बेलायती राजदूत एचई रोब फेनले आफ्नो मन्तव्यमा भने, ‘युवा र जलवायु परिवर्तन बेलायत र नेपालबीचको सम्बन्धलाई ताजा बनाउनका लागि सबैभन्दा उपयुक्त दुई शब्दहरू हुन् भन्ने उल्लेख गरे। जलवायु परिवर्तन दुवै देशका युवाहरूले सामना गर्ने साझा चुनौती भएकाले यो क्षेत्रले दुवै देशका युवाहरूलाई एकसाथ ल्याउने अवसर प्रदान गर्दछ।’

ब्रिटिस काउन्सिलको दक्षिण एसियाका क्षेत्रीय निर्देशक हेलेन सिल्भेस्टरले गोष्ठीको उद्घाटनमा भनिन्, ‘आज हामी रचनात्मक हरित अर्थतन्त्रको क्षेत्र र जलवायु कार्यमा युवा नेतृत्वको निर्णायक भूमिकाको खोजी गर्न एकसाथ आउँदैछौँ, दिगो विकासका लागि सिर्जनशीलता र नवप्रवर्तन शक्तिशाली उत्प्रेरकहरू हुन् भन्ने कुरा नबिर्सौँ।’

एडिनबर्ग नेपियर विश्वविद्यालयका इंगे पन्निल्सले भने, ‘रचनात्मक हरित अर्थतन्त्रले परिवर्तनको लागि वास्तविक शक्तिको रूपमा काम गर्न सक्छ। तर, यो हाम्रो साझा कर्तव्य हो। केवल युवा व्यक्तिहरू, डिजाइनरहरू वा नीति निर्माताहरूको मात्र भर पर्नु हुँदैन। यो उद्देश्य पूरा गर्नु नागरिकको रूपमा हाम्रो साझा दायित्व हो। इन आवर ह्यान्ड्स कार्यक्रममार्फत विकास गरिएको क्विन्टुपल बटम लाइन फ्रेमवर्क स्थानीय नीतिमा समावेश हुनु मेरो लागि ठूलो उत्साहको स्रोत हो। फ्रेमवर्कले स्थानीय एजेन्सीहरूलाई स्थानीय समुदायहरूसँग काम गर्न कसरी सहयोग गर्न सक्छ भनी हेर्न म आतुर छु।’

स्टोरी साइकलका स्थानीय साझेदार सौरभ ढकालले भने, ‘रचनात्मक हरित अर्थतन्त्रतर्फ काम गरिरहेका हामीमध्येका लागि यो विचारगोष्ठी एउटा सफलता हो। हरित अर्थतन्त्रको अवधारणा केही समयदेखि चर्चाको विषय बनेको छ। तर, रचनात्मक हरित अर्थतन्त्र हामीले परीक्षण र प्रवर्द्धन गर्ने लक्ष्य राखेको अवधारणा, सार्वजनिक नीतिको क्षेत्रमा भएकालगायत प्रमुख सरोकारवालाहरूले गोष्ठीमा अँगालेको जस्तो देखिन्थ्यो।’

गोष्ठीमा नेपालमा रचनात्मक हरित अर्थतन्त्रमा छलफल पत्र प्रस्तुत गरिएको थियो। रचनात्मक हरित अर्थतन्त्रको अवधारणा शिल्प कौशल, जलवायुपरिवर्तन र अन्तरपुस्ता सशक्तिकरणमा केन्द्रित नेपाल–युके आदानप्रदान मार्फत गरिएको थियो।

Logo