दाङबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ४३ घाइते

दाङबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ४३ घाइते

केन्द्रबिन्दु
210
Shares

काठमाडौं । रूपन्देहीमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन्। दाङबाट काठमाडौं आउँदै गरेको रा१ख २७८३ नम्बरको बस गएराति ११:५० बजे रूपन्देहीको सैनामैना नगरपालिका-१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु१ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा बस चालक र यात्रुसहित ४३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी मनोहरप्रसाद भट्टले बताए।

घाइतेलाई चौराहा हस्पिटल बुटवल, एडमनसिटि हस्पिटल बुटवल र हिराचन्द्र हस्पिटल सालझण्डीमा उपचारका लागि लगिएकोमा आइतबार बिहानसम्म १९ जना डिस्चार्ज भइसकेका छन्। अन्य २४ जनाको उपचार जारी छ।

बसका सहचालक गम्भीर घाइते छन्। उनको पहिचान खुल्न सकेको छैन।

Logo