‘लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकार प्राप्तिका लागि ऐक्यबद्धता आवश्यक’

‘लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकार प्राप्तिका लागि ऐक्यबद्धता आवश्यक’

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार प्राप्तिका लागि सरोकार भएकाहरुले ऐक्यबद्धता जनाएका छन्।

अङ्ग्रेजी पात्रोअनुसार प्रत्येक वर्ष जुनमा मनाइने ‘ग्लोवल प्राइड मन्थ’ अर्थात ‘गौरवको महिना’ मनाउने क्रममा यहाँ आयोजित एक कार्यक्रममा उनीहरुले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको कानुनी हक अधिकार तथा सामाजिक न्यायका मुद्दामा एकजुट हुन सबैलाई आह्वान समेत गरे।

पिस भूमि संस्थाको आयोजना र ललितपुरस्थित अनुबुक्सको सहकार्यमा आयोजित तेस्रो वार्षिक कार्यक्रमका सहभागीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको सङ्घर्ष, हालसम्मका प्रगति तथा कानुनी रुपमा हासिल भएका उपलब्धीबारे चर्चा गरेका थिए। सहभागीहरुले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको हक अधिकार तथा सामाजिक सम्मानका विषयमा आवश्यक जनचेतना फैलाउन जरुरी भएको बताएका थिए।

त्यसअवसरमा पाल्पाका परलैङ्गिक पुरुष समोनले आफ्नो अनुभव सुनाउँदै बुबा शिक्षक भएकाले आफूले छिटो कुरा बुझेकाले निकै सहज भएको बताए। अधिवक्तासमेत रहेका समोन हाल लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरुको हक र अधिकार प्राप्तिका क्षेत्रमा सक्रिय छन्। “बाल्यकालमै बुबाले मेरो भावना बुझ्नुभयो, उहाँकै साथ र सहयोगले सम्मानका साथ समाजमा स्थापित हुन सकेको छु”, उनले भने, “परिवार र समाजका सदस्यले सम्मान गर्दा मात्रै हामीलाई ठूलो सहयोग र आत्मविश्वास मिल्छ।” आफू बुबाकै सल्लाहमा उच्च शिक्षाका लागि काठमाडौँ आएको र नयाँ पहिचानसहित ‘करिअर’ अघि बढाएको उनको भनाइ थियो।

त्यसअवसरमा परलैङ्गिक पुरुष सन राईले सुरुआती दिनमा आफूले पहिचान नखुलाएको उल्लेख गर्दै बालबालिकालाई यौनिक पीडकहरुबाट बचाउन आवश्यक रहेकामा जोड दिए। उक्त समुदायका अधिकांश वक्ताहरुले संविधान र कानुनले दिएको अधिकार र कार्यान्वयन, राष्ट्रिय जनगणनामा तथ्याङ्क सङ्कलनका क्षेत्रमा त्रुटी भएको भन्दै नीति निर्माणको तहमा पनि आफूहरुको सहभागिता हुनुपर्नेमा जोड दिएका थिए।

Skip This
Skip This
Logo