आठ हजार मिटरमाथिका १४ र थप दुईवटा हिमाल चढेर नेपाल फर्किए शेर्पा

आठ हजार मिटरमाथिका १४ र थप दुईवटा हिमाल चढेर नेपाल फर्किए शेर्पा

केन्द्रबिन्दु
322
Shares

काठमाडौँ । आठ हजार मिटरभन्दा अग्ला १४ वटा चुचुरा र थप दुईवटा हिमालको सफल आरोहण गरेर पासाङ् नाम्गेल शेर्पा नेपाल फर्किएका छन् । बिहीबार नेपाल पर्वतारोहण संघले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको हो । उनी आठ हजार मिटरभन्दा अग्ला १४ वटा र थप दुई वटा चुचुराको सफल आरोहण गर्ने नेपालका एक मात्र आरोही हुन् ।

सोही क्रममा उनले १६ वटा चुचुराहरूको आरोहण गर्न २२ वर्ष लागेको भन्दै कठिन र लामो यात्रा तय गरेको बताए । उनले भने, ‘मलाई सबै १६ वटा चुचुराहरूको आरोहण गर्नका लागि २२ वर्ष लाग्यो । यात्रा कठिन नै थियो तर नेपाललाई यसरी चिनाउन पाउँदा खुशी लागेको छ ।’ यसका साथै उनले आगामी दिनमा पनि फेरि यस्तै हिमालहरू चढ्ने सोचमा रहेको बताए ।

Logo