चर्चित ज्योतिष डा. प्रकाश पौडेलले न्युमेरोलोजीमा गरे विद्यावारिधी

चर्चित ज्योतिष डा. प्रकाश पौडेलले न्युमेरोलोजीमा गरे विद्यावारिधी

केन्द्रबिन्दु
5k
Shares

काठमाडौं । चर्चित ज्योतिष डा. प्रकाश पौडेलले विद्यावारिधी (पिएचडी)को पढाइ पूरा गरेका छन् ।

भारतको महर्षी कलेज अफ वैदिक एस्ट्रोलोजीबाट सुनसरीका ज्योतिष पौडेलले न्युमेरोलोजीमा पिएचडी गरेका हुन् । सन् २०१७ बाट त्यही कलेजमा उनले न्युमेरोलोजीमै डिप्लोमा ब्याचलर हुँदै मास्टर गरेका थिए । एस्ट्रोलोजीका लागि महर्षी कलेज भारतको एक चर्चित कलेज हो, जहाँबाट उनी पिएचडी पूरा गर्दै सम्मानित भएका छन् ।

उनले वास्तुशास्त्र, केपी नाडी ज्योतिष तथा वैदिक ज्योतिषमा पनि मास्टर गरेका छन् । हाल उनी एस्ट्रो वास्तुमा रिसर्च गर्दैछन् । उनी वर्ल्ड एस्ट्रो फेडेरेशनको सदस्य तथा दक्षिण एसियाली महासंघको केन्द्रीय सदस्य पनि हुन् । उनी इन्टरनेशन एस्ट्रोलोजी फेडेरेशनबाट पनि वास्तुशास्त्रमा सम्मानित भएका छन् ।

गायक पेशालाई छाडेर ज्योतिषलाई आफ्नो पेशाको रुपमा २०१७ देखि अगाडि बढाइरहेका पौडेललाई कोरोना महामारीका बेला लागू गरिएको लकडाउन ‘टर्निङ प्वाइन्ट’ बन्न पुग्यो । उनी लकडाउनमा विक्षिप्त बनेर बसेनन्, आफ्नो बाल्यकालदेखिको एउटा सोख पूरा गर्ने अठोटमा लागे । उनले त्यतिबेला अनलाइन क्लासबाटै ज्योतिषशास्त्रलाई अगाडि बढाए र आफ्नो लक्ष्य पहिल्याई अन्ततः पिएचडी गर्न सफल भए ।

रुद्राक्षमा समेत मास्टर गरेका ज्योतिष डा. पौडेल जेम्स स्टोनभन्दा रुद्राक्षले बढी काम गर्ने बताउँछन् । उनी हाल दुबई बस्दै आएका छन् । ज्योतिषलाई डरत्रास, व्यापार नभई वैज्ञानिक ढंगले अगाडि बढाउने सोचका साथ उनी नेपाल आउने तयारीमा छन् । ज्योतिषशास्त्र भनेको समस्या पहिल्याउने मात्र नभई समाधान खोज्ने पनि रहेको उनको भनाई छ ।

Logo