धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीको सरुवा, दुबैजना गृह मन्त्रालयमा तानिए

धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीको सरुवा, दुबैजना गृह मन्त्रालयमा तानिए

केन्द्रबिन्दु
1.1k
Shares

काठमाडौँ । गृह मन्त्रालयले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईलाई गृह मन्त्रालयमा तानिएको हो ।

मन्त्रालयले धादिङमा पाण्डेको ठाउँमा सुमन घिमिरे र काभ्रेमा सेडाईको ठाउँमा उमेश ढकाललाई पठाएको छ ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता ऋषिराम तिवारीका अनुसार दुबै प्रमुख जिल्ला अधिकारीको नियमित सरुवा भएको हो । असोज १० गतेदेखि परेको अविरल वर्षापछि काभ्रे र धादिङमा पनि जनधनको क्षति भएको छ ।

Logo