गौशाला धर्मशाला खाली गराउन पुगेकाे महानगरलाई राेक्याे प्रहरीले

गौशाला धर्मशाला खाली गराउन पुगेकाे महानगरलाई राेक्याे प्रहरीले

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली गराउन पुगेको काठमाडौं महानगरपालिकाको टोलीलाई नेपाल प्रहरीले रोकेको छ ।

धर्मशालाका अनधिकृत संरचना हटाउन दुइटा डोजरसहित पुगेको महानगरकाो टोलीलाई प्रहरीले फिर्ता गरेको हो । बुधबार धर्मशाला खाली गरी बोर्ड राखेर अनधिकृत रूपमा रहेका टहराहरू हटाउन महानगरको दुइटा डोजर प्रहरीले नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएको डोजर प्रहरी वृत्त गौशाला राखिएको थियो। सो डोजर अहिले महानगरले फिर्ता लगेको हो।

गत बुधबार धर्मशाला खाली गराउन पुगेको महानगर प्रहरी र मारवाडी सेवा समितिबीच घम्साघम्सीको स्थिति बनेको थियो । घम्साघम्सीपछि महानगरले धर्मशालामा मारवाडी सेवा समितिको बोर्ड हटाएर आफ्नो बोर्ड राखेको थियाे ।

Skip This
Skip This
Logo