काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दायर भएको अवहेलना मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
बिहीबार सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चुडालको संयुक्त इजलासले उक्त मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेश दिएको हो ।
बारका अध्यक्ष घिमिरेविरुद्ध सर्वोच्चका प्रवक्ता तथा उपरजिष्ट्रार गोविन्द घिमिरेले टिप्पणी उठाएर मुद्दा दर्ता गरेका थिए । न्याय परिषद् नियमावली सच्याउन माग गर्दै लामो समयदेखि आन्दोलनमा उत्रिएको बारले न्यायाधीशहरूले भ्रष्टाचार गरेको भन्दै आक्रामक अभिव्यक्ति दिएका थिए । त्यसपछि सर्वोच्चको फुलकोर्ट बैठकले घिमिरेविरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको थियो ।































प्रतिक्रिया