काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले एडीआर (वैकल्पिक विवाद समाधान) ले न्यायसम्म पहुँच विस्तार र विवाद समाधानका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
बिहीबार नेपाल अन्तर्राष्ट्रिय एडीआर केन्द्रको आयोजनामा “नेपाल वैकल्पिक विवाद समाधान सप्ताह २०२४“ को उद्घाटन समारोहमा बोल्दै उनले आधुनिक न्याय प्रणालीका लागि एडीआरको भूमिका महत्त्वपूर्ण रहेको बताए ।
न्यायाधीश रेग्मीले भने, “एडीआरले लचिलो, सहज र सहकार्यपूर्ण तरिकाले विवाद समाधान गर्ने गतिशील विधिका रूपमा कार्य गर्दछ। यसले आर्थिक र भावनात्मक भारलाई कम गर्दै सामाजिक सद्भाव र मेलमिलापमा योगदान पुगाउँछ । ’
न्यायाधीश रेग्मीले नेपालमा एडीआरको ऐतिहासिक विकासबारे प्रकाश पार्दै भने, ‘पञ्चायती प्रथादेखि नै समुदायमा मेलमिलाप र सहमतिको माध्यमबाट विवाद समाधान गरिँदै आएको परम्परा अहिलेको एडीआर प्रणालीको आधारशिला हो ।’































प्रतिक्रिया