पत्रकार महासंघको कुन जिल्ला अध्यक्षमा कसले जिते ?

पत्रकार महासंघको कुन जिल्ला अध्यक्षमा कसले जिते ?

केन्द्रबिन्दु
174
Shares

काठमाडौँ । नेपाल पत्रकार महासंघको शुक्रबार सम्पन्न निर्वाचनको मतगणना भइरहेको छ । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको परिणाम आउने क्रम जारी छ ।

यो समाचार तयार पार्दासम्म विभिन्न जिल्लाको नतिजा आएको छ । जसमा जुम्ला शाखाको अध्यक्षमा पूर्णप्रसाद चौलागाईं निर्वाचित भएका छन् ।

नतिजाअनुसार महासङ्घ सोलुखुम्बुको अध्यक्षमा सुवास दर्नाल, धनुषा शाखाको अध्यक्षमा पुरन साह, महोत्तरी शाखा अध्यक्षमा महेश दास र झापा शाखाको अध्यक्षमा एकराज गिरी निर्वाचित भएका छन् । गिरी पुनः निर्वाचित भएका हुन् ।

अन्तिम मत परिणामअनुसार ललितपुर शाखाको अध्यक्षमा रामहरि कार्की निर्वाचित भएका छन् । सप्तरी शाखामा पुनः प्रेस युनियनबाट श्रवणकुमार देव निर्वाचित भएका छन् ।

यस्तै, नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको अध्यक्ष पदमा सुन्दर शिल्पकार विजयी भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा पर्सा शाखाको अध्यक्ष पदमा ओमप्रकाश खनाल, रसुवा शाखाको अध्यक्ष पदमा केशवप्रसाद पौडेल, पाल्पा जिल्ला शाखाको अध्यक्ष पदमा कमलराज तिमिल्सिना र सङ्खुवासभा शाखाको अध्यक्ष पदमा कृष्णराज शाक्य निर्वाचित भएका छन् ।

Logo