काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ।
मंसिर ४ गते साइबर अपराध कसुरमा पक्राउ परेका प्रसाईंलाई न्यायाधीशहरू नहकुल सुवेदी र सारंगा सुवेदीको इजलासले शुक्रबार रिहा गर्न आदेश दिएको हो । प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनका छोरा निराजन प्रसाईंले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दिएका थिए। सोहीको सुनुवाईमा उनी छुटेका हुन् ।





























प्रतिक्रिया