प्रहरी नायब महानिरीक्षकद्वय सिंह र बोहराको बढुवा

प्रहरी नायब महानिरीक्षकद्वय सिंह र बोहराको बढुवा

केन्द्रबिन्दु
225
Shares

काठमाडौं । सरकारले नेपाल प्रहरीमा जनपद समूहतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्रहरी नायब महानिरीक्षकद्वय दुर्गा सिंह र भरतबहादुर बोहरालाई बढुवा गरी क्रमशः प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग र प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

यस्तै सरकारले दैलेख–कालीकोट–जुम्ला १३२ केभी प्रसारण लाइनको टावर निर्माणका लागि दैलेख, कालीकोट र जुम्ला जिल्लामा करिब १२ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को यही पुस ५ गतेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको परिमार्जित कार्यविवरण स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री सुथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

सरकार प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भने, “सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्ने व्यवसायी र सामाजिक सुरक्षा कोषका लागि नेपाल राष्ट्र बैङ्क, सवारी साधन बिक्री गर्ने व्यवसायीका लागि यातायात व्यवस्था विभाग र इन्भेष्टमेन्ट कम्पनीका लागि नेपाल धितोपत्र बोर्डलाई सम्पत्ति शुद्धीकरण निवारणका लागि नियमनकारी निकाय तोक्ने मन्त्रिपरिषदले निर्णय गरेको छ ।”

Skip This
Skip This
Logo