रौतहट । धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको बानेश्वर महादेव स्थल वरपर उत्खनन गर्दा पुरातात्विक संरचना फेला परेको छ । गौर नगरपालिका वडा नं २ स्थितमा रहेको मन्दिर वरपरको क्षेत्रमा करिब सात सय वर्षअघिको भग्नावशेष भेटिएको हो ।
बानेश्वर महादेव मन्दिरको पछाडि र अगाडितर्फको भागमा उत्खनन गर्दा सिम्रौनगढ राजाको समयका इटाहरू फेला परेको पुरातत्त्वविद् देवेन्द्र तिवारीले बताए । उनका अनुसार सोही समयका गाग्री, घोडाको मुकुट सहितका सामानहरू पनि भेटिएको छ ।
चार फिट तल उत्खनन गर्दा २८ सेन्टिमिटर लम्बाई, ३० सेन्टिमिटर चौडाई र ६ सेन्टिमिटर बाक्लो रहेको इँटा फेला परेको उनले जानकारी दिए । यो इँटा सिम्रौनगढको तत्कालीन साम्राज्यका समयका भएको उनको दाबी छ । पुरातत्त्व विभागको प्रयासमा उत्खनन थालेको दोश्रो सातामा ऐतिहासिक महत्त्वका भग्नावशेषहरु भेटिएको हो ।
गौरमा रहेको बानेश्वर शिवालय र सोवर्णामाई मन्दिर धेरै वर्ष पुरानो मानिन्छ । यो राजा शिव सिंहले बेलामा बनाएको बताइन्छ । राजा शिव सिंह तत्कालीन तिरहुत राज्यको राजा थिए । उनी सिम्रौनगढबाट शासन व्यवस्था चलाउँथे । राजा शिव सिंहको शासन १३३५ इस्वीसम्म चलेको इतिहास रहेकोले सो मन्दिर त्यस पूर्व नै बनाइएको जानकारहरू बताउँछन् ।





























प्रतिक्रिया