अदालतमा रवि लामिछानेले भने- साधारण तारेखमा छाडिदिनुस्

अदालतमा रवि लामिछानेले भने- साधारण तारेखमा छाडिदिनुस्

केन्द्रबिन्दु
129
Shares

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्धामा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई तारेखमा छाडिदिन आग्रह गरेका छन् ।

बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राइको इजलासमा लामिछानेले आफूलाई साधारण तारेखमा छाडिदिन आग्रह गरेका हुन् । अदालतमा उपस्थित हुँदा हरेकपटक सहकारी पीडितको रिपोर्ट लिएर आउने उनको भनाई थियो । ‘सहकारीको पैसा फिर्ता गर्न निरन्तर प्रयास गर्छु । प्रत्येक पटक सहकारीपिडितको पक्षमा मैले गरेका कामको फाइल लिएर आउने छु ।’ उनले भने ।

बिहीबार सरकारी वकिलका तर्फबाट जवाफी बहस सकिएको छ । अब आजै आदेश आउनसक्ने सम्भावना प्रबल बनेको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले १ अर्ब ५१ करोड बिगो माग दाबीसहित पुस ५ गते थप र ७ गते पुरक अभियोजन पत्र जिल्ला अदालतमा दर्ता गराएको थियो ।

Logo