काठमाडाैं । नेपाल सरकारले गैरआवासीय नागरिकतासम्बन्धी नयाँ व्यवस्था गर्न ल्याएको अध्यादेशमा विदेशमा रहेका नेपालीहरू नै असन्तुष्ट देखिएका छन् ।
विदेशिएका नेपालीहरू नेपाल फर्काउन बंशजकाे नागरिकता निरन्तर हुनुपर्ने वकालत गर्दै आएकाे नागरिकता खाेइ अभियानले नागरिकतासम्बन्धी अध्यादेश नेपालको संविधान र गैरआवासीय नागरिकता ऐनको मर्म र उद्देश्य विपरित हाे ।
साे अभियानका संयाेजक बासुदेव घिमिरेले बंशजको नागरिकताको निरन्तरताको व्यापक माग उठिरहेको बेला यस्तो विवादास्पद अध्यादेशले गैरआवासीय नेपालीहरुको अपेक्षा र विश्वासमा आघात पुगेको बताएका छन् । एक विज्ञप्ति जारी गर्दै घिमिरेले गैरआवासीय नागरिक पनि भन्ने अनि भिसा पनि चाहिने ! यो कस्तो केटाकेटी खेल हो ? भनी प्रश्न गरेका छन् ।
विज्ञप्तिमा उनले सरकार र राजनीतिक दलहरु बारम्बार गैरआवासीय नेपालीहरु प्रति अत्यन्त अनुदार देखिँदै आएका छन् । अहिले जारी गरिएको अध्यादेशले यो कुरा प्रमाणित भएको बताएका छन् ।
नागरिकता खोइ अभियान गैरआवासीय नेपालीहरुको आधिकार र आत्मसम्मानमा नेपाल सरकारले देखाएको वेवास्ता र अनुदार व्यवहारको निन्दा गर्दछ । विज्ञप्तिमा भनिएकाे छ। अभियानले विदेशमा रहेका सम्पूर्ण नेपाली एकताबद्ध भएर अन्तिम शर्त बंशजको नागरिकताको निरन्तरताका लागि लड्न आह्वान गरेकाे छ ।































प्रतिक्रिया