‘योगलाई हरेक विद्यालय र विद्यार्थीको अभ्याससँग जोडौँ’ -मन्त्री भट्टराई

‘योगलाई हरेक विद्यालय र विद्यार्थीको अभ्याससँग जोडौँ’ -मन्त्री भट्टराई

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षासँग योग जोडेर समाजलाई समृद्ध बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताएकी छन् ।

राष्ट्रिय योग दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आज आयोजित समारोहमा मन्त्री भट्टराईले विद्यालयतहबाटै योगलाई जीवनसँग जोड्न थालनी गर्नुपर्ने बताएकी हुन् । उनले योगलाई कक्षाकोठा र विद्यार्थीको जीवनसँग जोड्न मन्त्रालय प्रयासरत रहेको जानकारी दिए ।

“योगलाई हरेक विद्यालय र विद्यार्थीको अभ्याससँग जोडौँ । संस्थागत र समृद्ध विद्यालयमात्र हैन सार्वजनिक विद्यालयका विपन्न विद्यार्थीको मनोबल बढाउनलाई पनि योग अनिवार्य गर्नुपर्छ,” उनले भने ।

Skip This
Skip This
Logo