लेखक श्रीधर खनाल ‘दीर्घबाहु’को निधन

लेखक श्रीधर खनाल ‘दीर्घबाहु’को निधन

केन्द्रबिन्दु
180
Shares

काठमाडौँ । पत्रकार तथा लेखक श्रीधर खनाल ‘दीर्घबाहु’को निधन भएको छ । उनको आज बिहान ९४ वर्षको उमेरमा निधन भएको हो ।

विसं २०२२ सालमा ‘शब्दभेदी लडाइँ’ उपन्यास प्रकाशनपछि उनले इन्स्पेक्टर खरेल सिरिजमा ‘मुर्कट्टा लास’, ‘छऔँले मान्छे’, ‘पानको गुलाम’, ‘डाक्टर डेमन’ उपन्यास लेखेका छन् ।

यसैगरी डिटेक्टिभ कमलराज रुपाखेती सिरिजमा ‘मेजरको सर्प’, ‘बिखालु इच्छापत्र’, ‘बाह्र बजेको घण्टी’, ‘भेनसका हिप्पीहरू’ र ‘नांगिएकी सुन्दरी’ लगायत जासुसी उपन्यास निकै लोकप्रिय थिए । उनलाई जासुसी उपन्यासकार भनेर समेत चिनिन्छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारका सदस्यले जनाएका छन् ।

Logo