रारामा पाहुना चराको संख्या बढ्यो

रारामा पाहुना चराको संख्या बढ्यो

केन्द्रबिन्दु
45
Shares

मुगु । मुगुको रारा तालमा पाहुना चराहरुको संख्या गत वर्षभन्दा यस बर्ष बढेको छ ।

समुन्द्री सतहबाट दुई हजार ९ सय ७२ मिटर उचाइमा रहेकोे रारा तालमा भारत, मानसरोबर ,साईबेरिया लगायतका बिभिन्न खाडी मुलुकबाट दर्जनौं प्रजातिका चराहरु यस वर्ष बढेका छन् ।

चराविद्हरुका अनुसार रारामा पाइने चराहरु साइबेरिया लगायत बिभिन्न देशहरुबाट मंसिर महिनाबाट आउन शुरु गर्छन् । यस बर्ष माघबाट हिउँ परेको हुँदा हिजोआज धमाधम हाँस, जलेवा, काला, खैरा, पहेलालगायत फरक फरक रंग भएका धेरै चराहरु रारामा देखिने गरेका छन् ।

ति चराहरु बैशाख महिनासम्म रारामा बस्ने त्यसपछि गर्मी बढेपछि मानसरोबर, साइबेरिया जाने गरेका छन् । यस वर्ष पुस महिनामा रारामा डुङ्गा नचल्दा, मानिसहरुको आगमन कम हुँदा पाहुना चरा बढेको स्थानीयको भनाइ छ ।

रारा राष्ट्रिय निकुञ्जको रेर्कड अनुसार बिगतका बर्षमा रारा तालमा रमाउने पाँच प्रजातिका तीन सय ४२ हाँसहरु रहेको देखिन्छ भने यसबर्ष चरा गणना अनुसार १५ प्रजातिका हाँस पाँचसय भन्दा बढी भेटिएको पाइन्छ ।

विशेषगरी राराको मिलीचौर, ओखरबोट, मिजार, दोफे, महादेव मन्दिर, आर्मी ब्यारेक क्षेत्रमा बढी हाँसहरु भेटिने गरेका छन् । रारामा विशेषगरी कमन कुट, खोया हाँस, मलाट हाँस, काले, खैरो, पहेले रङ्खका हाँसहरु रहेको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

Skip This
Skip This
Logo