काठमाडौं । ज्यान मुद्दामा दोषी ठहर भएका गण्डकीका पूर्वप्रदेश सांसद दिपक मनाङेलाई अदालतले कैद सजायमा २० प्रतिशत छुट दिन आदेश गरेको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले शुक्रबार मनाङेलाई बाँकी सजायको २० प्रतिशत छुट दिन आदेश दिएको हो । मनाङे हाल चक्रे मिलनमाथि आक्रमण गरेको अभियोगमा कारागारमा छन् ।
मुलुकी ऐन, दण्ड सजाय महलको दफा ४१ (क) ले अन्तिम फैसला भएको ६० दिनभित्र अदालतमा आत्मसमर्पण गरेमा कैद र जरिवानामा २० प्रतिशत छुट दिने व्यवस्था गरेको थियो। साेहीअनुसार मनाङले मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत छुट पाउने निवेदन दिएका थिए र अदालतबाट याे आदेश आएकाे हाे ।





























प्रतिक्रिया