विभिन्न माग राख्दै स्काउट शुद्धीकरण अभियानले थाल्यो रिले अनसन

विभिन्न माग राख्दै स्काउट शुद्धीकरण अभियानले थाल्यो रिले अनसन

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । नेपाल स्काउट शुद्धीकरण अभियानले विभिन्न ४ सूत्रीय माग राखेर रिले अनसन सुरु गरेको छ ।

नेपाल स्काउटमा व्याप्त अनियमितता र अपारदर्शिता अन्त्य गर्न नेपाल स्काउट शुद्धीकरण अभियानले विभिन्न माग गर्दै रिले अनसन सुरु गरेको अभियानका संयोजक देवदूत अधिकारीले जानकारी दिए ।

अभियानका अनुसार, नेपाल स्काउटमा भएका अनियमितताहरूको छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र समिति गठन गरिनु पर्छ। उनीहरूले कर्मचारी प्रशासन नियमावली २०८१ को पुनरावलोकन गर्नुपर्ने र कर्मचारीको हित संरक्षण गर्नुपर्ने माग पनि अघि सारेका छन्। यसैगरी, नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईमाथि दर्ता भएका आरोपहरूको निष्पक्ष छानबिन गर्नुपर्ने र प्रक्रिया नसकिएसम्म उनलाई निलम्बन गर्नुपर्ने पनि अभियानले जोड दिएको छ। अन्ततः, नेपाल स्काउटको वित्तीय र प्रशासनिक प्रक्रिया पारदर्शी बनाई संस्थालाई स्वच्छ, जवाफदेही र लोकतान्त्रिक रूपमा सञ्चालन गर्नुपर्ने माग गरिएको छ।

यसअघि अभियानका प्रतिनिधिहरूले फागुन ६ गते प्रमुख स्काउटसमेत रहेका युवा तथा खेलकुद मन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए। सो ज्ञापनपत्र प्रधानमन्त्री र नेपाल स्काउटका संरक्षक समक्ष पनि पठाइएको थियो। तर, कुनै पहल नभएपछि शुद्धीकरण अभियानले रिले अनसन सुरु गरेको हो ।

Skip This
Skip This
Logo