काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले पनि असन्तुष्टि जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत कुलमानसँगको तस्विर शेयर गर्दै आचार्यले भनेका छन्, ‘कुलमान नेपाली कुलकै उज्यालो हुन् । अन्धकार बनाउन हुँदैन थियो ।’
सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो, जसकाे चाैतर्फी आलाेचना भएकाे छ ।





























प्रतिक्रिया