काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हटाइएपछि कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिट दर्ता भएको छ । रिट बुधबार नै सर्वोच्चमा पुगेको थियो, तर समय अपुग भएकाले दर्ता भएको थिएन र आज अध्ययन गरेर दर्ता भएको हो ।
रिटमा घिसिङले आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै उक्त सरकारी निर्णय बदरको माग गरेका छन् ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, ऊर्जामन्त्री दीपक खड्का, प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाइएको छ ।
सरकारले सोमबार साँझ मन्त्रिपरिषद्को निर्णयबाट कुलमानलाई बर्खास्त गरेको थियो ।
यस्तो छ रिट-





























प्रतिक्रिया