मिश्र र राणालगायत ४१ जनालाई दोस्रो पटक म्याद थपका लागि अदालत उपस्थित गराइँदै

मिश्र र राणालगायत ४१ जनालाई दोस्रो पटक म्याद थपका लागि अदालत उपस्थित गराइँदै

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । राजावादी आन्दोदनमा हिंसात्मक प्रर्दशन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र र महामन्त्री तथा सांसद धवलशमशेर राणासहित ४१ जनालाई दोस्रो पटक म्याद थपका लागि आज (बुधबार) अदालत लगिँदैछ ।

हिरासतमा रहेका ४१ जनालाई काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्त तथा एसपी अपिलराज बोहोराले जानकारी दिएका छन् । उनले भने, ‘उनीहरुलाई उपस्थित गराउन तयारी गर्दै छौँ । समयभित्रै उनीहरुलाई उपस्थित गराउछौँ ।’

शुक्रवार आपराधिक उपद्रव र संगठित अपराधमा ३० जना र राज्यविरुद्धको कसुरमा ११ जना गरी ४१ जना पक्राउ परेका थिए । उनीहरुलाई हिरासतमा राख्न पहिलोपटक आइतबार पाँच दिनको म्याद थप भएको थियो ।

Logo