नेपाल बारको अध्यक्षमा मिश्र विजयी, यस्तो छ अन्तिम परिणाम

नेपाल बारको अध्यक्षमा मिश्र विजयी, यस्तो छ अन्तिम परिणाम

केन्द्रबिन्दु
285
Shares

काठमाडौं । नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वमा वरिष्ठ अधिवक्ता प्राध्यापक डा.विजयप्रसाद मिश्र विजयी भएका छन् ।

बारको २७औं केन्द्रीय कार्यसमिति निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक गर्दै मिश्र विजयी भएको घोषणा गरिएको हो । बृहत लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राध्यापक डा. मिश्र विजयी भएका हुन् ।

उनी व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठलाई पराजित गर्दै अध्यक्ष बनेका हुन् । ५ हजार ५२ मत प्राप्त गर्दै मिश्र बारको अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २ हजार ६२१ मत प्राप्त गरेका थिए ।

बारको उपाध्यक्षमा कोसीबाट पदमप्रसाद लिम्बु, मधेसबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवशकुमार बस्नेत र सुदूरपश्चिमबाट सिद्धराज ओझा निर्वाचित भएका छन् ।

महासचिवमा मिश्र प्यानलकै वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला निर्वाचित भएका छन् । कोषाध्यक्षमा वरिष्ठ अधिवक्ता जगतबहादुर कार्की निर्वाचित भए ।

Logo