काठमाडौंका नगरप्रहरी प्रमुख राजु पाण्डेलाई निलम्बन गर्न माग

काठमाडौंका नगरप्रहरी प्रमुख राजु पाण्डेलाई निलम्बन गर्न माग

केन्द्रबिन्दु
465
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई निलम्बन गर्न माग गरिएको छ ।

स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी सङ्घ नेपाल, महानगर कर्मचारी परिषद्, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन र नेपाल वातावरण तथा सरसफाइ श्रमिक सङ्घले पाण्डेलाई निलम्बन गर्न माग गरेको हो । यसका लागि तीन दिनभित्र अधिकार सम्पन्न छानविन समिति गठन गरी जिम्मेवारी दिनुपर्ने उनीहरूको माग छ ।

‘कार्यालयको प्रशासनिक प्रमुखका रूपमा नेपाल सरकारले खटाएको अधिकार प्राप्त प्रमुख प्रशासकीय अधिकृत कार्यालय प्रवेश गर्दा काठमाडौँ महानगर प्रहरी बलका प्रमुख र उनको कमाण्डमा खटिएको प्रहरीबाट भएका बाधा अवरोध एवं उनीहरूबाट प्रमुख प्रशासकीय अधिकृत, त्यहाँ उपस्थित जनप्रतिनिधि एवं कर्मचारीहरूमाथि गरिएको धरपकड र निज प्रहरी प्रमुखले सो समयमा व्यक्त गरेका कतिपय आपत्तिजनक भनाइहरू भर्त्सनीय एवं दण्डनीय रहेको हाम्रो ठम्याई छ ।’ ज्ञापनपत्रमा उल्‍लेख छ ।

Logo