आन्दोलित शिक्षक र सरकारबीच आज पनि वार्ता हुँदै

आन्दोलित शिक्षक र सरकारबीच आज पनि वार्ता हुँदै

केन्द्रबिन्दु
102
Shares

काठमाडौं । विभिन्न माग राखी देशभरका शिक्षक ११ दिनदेखि काठमाडौंका सडकमा छन् ।

शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरी काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक र शिक्षा मन्त्रालयबीच लगातार वार्ता भइरहे पनि निष्कर्ष भने निस्किन सकेको छैन ।

दुई पक्षबीच बिहीबारदेखि सुरु भएको संवाद शनिबार साँझसम्म पनि जारी थियो । आज आइतबार पनि बैठक बस्दैछ । शिक्षा ऐन जारी गर्ने सुनिश्चितता नभएसम्म आन्दोलन नरोक्ने अडानमा शिक्षकहरू छन् ।

Logo