काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्न नमिल्नेमा परेको छ।
लामिछानेकी पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट आज न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको थियो । तर, रिट हेर्न नमिल्नेमा राखिएको हो।
बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्लाको फैसला उल्ट्याउँदै लामिछानेलाई थुनामा पठाएपछि उनकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरिएकाे थियाे।
तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने रुपन्देही जिल्ला अदालतको आदेश बदर गरेको थियो । सोही आदेशबमोजिम लामिछाने यही चैत २२ गते पक्राउ परी पुर्पक्षका निम्ति थुनामा छन् । यसबीचमा चैत ३१ गते भएको सुनुवाइमा सर्वोच्चले कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको थियो।





























प्रतिक्रिया