गभर्नर बन्ने चर्चामा रहेका डा. भट्टविरुद्धको रिट आज पनि ‘हेर्न नभ्याइने’मा

गभर्नर बन्ने चर्चामा रहेका डा. भट्टविरुद्धको रिट आज पनि ‘हेर्न नभ्याइने’मा

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर बन्न कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्धको रिट आज पनि ‘हेर्न नभ्याइने’मा परेको छ ।

कार्यकारी निर्देशक पदबाट राजीनामा दिएकै दिन गभर्नर अयोग्य भन्दै भट्टलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराइएको थियो । सोमबार सर्वोच्चका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा १३औँ नम्बरमा रिटको पेसी थियो । तर, ‘हेर्न नभ्याइने’ सूचीमा पर्‍यो ।

यसअघि आइतबार पनि यो रिट ‘हेर्न नभ्याइने’मा परेको थियो ।

Logo