एमालेको ‘युथ सेलिब्रेशन’मा कुन-कुन कलाकारले दिँदैछन् प्रस्तुति ?

एमालेको ‘युथ सेलिब्रेशन’मा कुन-कुन कलाकारले दिँदैछन् प्रस्तुति ?

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । सत्तारुढ नेकपा एमालेले आज काठमाडौंमा गर्न लागेको ‘युथ सेलिब्रेशन’मा विभिन्न कलाकारले प्रस्तुति दिनेछन् ।

एमालेले सार्वजनिक गरेको लाइनअपअनुसार शान्तारानी परियार, एलिना चौहान, वाङदेन शेर्पा एन्ड द काउब्वायज, द एलिमेन्ट्स, सुशान्त एन्ड रागा र पूर्ण राई एण्ड दाजुभाईहरू छन् ।

यी सबैले भृकुटीमण्डपमा हुने कार्यक्रममा लाइभ प्रस्तुति दिने जनाइएको छ ।

कार्यक्रममा ४० वर्षमुनिका एक लाख युवाहरुलाई उतार्ने एमालेको तयारी छ । लोकतन्त्रको खुसीयालीमा एक लाख युवालाई लोकतन्त्रको महत्व, अर्थ, स्वतन्त्रताको महत्वको बारेमा बुझाउन यो कार्यक्रम गर्न लागिएको आयाेजककाे भनाइ छ ।

Logo