काठमाडौंमा जापानी विशेषज्ञता झल्काउने अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न

काठमाडौंमा जापानी विशेषज्ञता झल्काउने अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न

केन्द्रबिन्दु
18
Shares

काठमाडाैं । दुईदिने अन्तर्राष्ट्रिय नेल सेमिनारले जापानका पाँच प्रसिद्ध नेल आर्टिस्टहरू- हारु, मियानो, कानाको, माईको र ओकी लाई ५० भन्दा बढी स्थानीय नेल व्यवसायीहरूसँग एउटै मञ्चमा ल्याउँदै नेल आर्ट क्षेत्रमा नयाँ उत्साह थपेको छ।

पप अप नेपाल प्रालिद्वारा प्रस्तुत र प्रिटी नेल्स तथा दि नेल स्टुडियो बाइ सिरपद्वारा आयोजित सेमिनारको उद्देश्य नेपालमा नेल आर्ट उद्योगलाई विश्वस्तरीय प्रवृत्ति र प्रविधिबाट सशक्त बनाए ।

जापानी विशेषज्ञहरूको प्रत्यक्ष मार्गदर्शनमा सेमिनारमा जापानी नेल आर्ट शैलीको विस्तृत परिचयसँगै, सहभागीहरूले सफाइका मिहिन अभ्यास, डिजाइनको सूक्ष्म तरिका र जटिल हस्तनिर्मित नेल स्टिकर बनाउने सीप सिकेका छन् ।

तालिममा नेल तयारी, उपकरणको स्याहार, डिजाइनको आधारभूत सीपदेखि लिएर उन्नत कार्यशालासम्म समेटिएको आयोजकले जनाएका छन् । अनु अमात्य, सिरापा तुलाधर र कपिल उप्रेतिको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रमले ज्ञान आदान–प्रदानका साथै सांस्कृतिक संवादको सेतुको रूपमा पनि काम गरेको छ ।

Logo