काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ५ दिनको म्याद थप गरेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।
जिल्ला अदालत, काठमाडौंले मिश्रलाई थप ५ दिन हिरासतमा राख्नेर अनुसन्धान गर्न अनुमति दिएको हो । गत चैत १५ गते भएको तीनकुने घटनापछि पक्राउ परेका मिश्रमाथि थप आपराधिक उपद्रवको कसुरमा पनि अनुसन्धान हुने भएको छ ।
यसअघि यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्धा चलेको थियो ।





























प्रतिक्रिया