काठमाडौं । समर्थ गुरु धाराका प्रवर्तक तथा संस्थापक सद्गुरु ओशो सिद्धार्थ औलियाकाे उपस्थितिमा ३ दिने ध्यान योग शिविर ललितपुरस्थित होटल हिमालयमा जारी छ ।
समर्थगुरु संघ नेपालको आयोजनामा भएकाे उक्त आध्यात्मिक जागरण कार्यक्रममा सद्गुरु ओशो सिद्धार्थ औलियाले कार्यक्रमको पहिलो दिन भगवान गौतम बुद्धको आर्य अष्टाङ्गिक मार्गको रहस्य खोलेका थिए। यसैगरी आज दोस्रो दिन समर्थ गुरु धाराका आचार्य अमरेसले आधुनिक समयमा अन्धविश्वासयुक्त धर्म नचल्ने भएकाले सद्गुरु सिद्धार्थ औलियाले विज्ञानसँग जोडिएको वैज्ञानिक पद्दतीबाट सबै क्रियाकलापको निमार्ण गरेको बताएका छन् । उनले जिवन, दर्शन र आध्यात्मिक जिवनपद्दतीका बारेमा प्रवचन दिएका थिए ।
तेस्रो दिनको धर्म दृष्टि सत्रले आजको समाजमा धर्मको सही अर्थ खोल्नेछ। सनातन धर्म भनेको के हो ? यो प्रश्नको जवाफमा धेरै भ्रम र बहस छन्। सद्गुरुले सनातन धर्मलाई मानव जीवनको सर्वाङ्गीण विकासको वैज्ञानिक र व्यावहारिक मार्गको रूपमा प्रस्तुत गर्नेछन्। ओशोको सनातन दृष्टिलाई आधार बनाएर, यो सत्रले तपाईंलाई जीवनलाई सुन्दर, शान्त, र दैवी बनाउने कला सिकाउनेछ।

आध्यात्मिक जागरण फैलाउने उद्धेश्यले नेपाल आएका सद्गुरु सिद्धार्थ औलियाले काठमाडौं लगत्तै पोखरामा पनि ३ दिने आध्यात्मिक जागरण कार्यक्रम रहेको छ ।
सद्गुरु ओशो सिद्धार्थ औलिया कुनै साधारण गुरु होइनन्, उनी सनातन धर्मको गहिरो ज्ञान र आधुनिक जीवनको व्यावहारिकताको संगम हुन्। उनको प्रत्येक शब्दमा सत्यको शक्ति र प्रत्येक मुस्कानमा करुणाको सागर लुकेको छ। उनको यो नेपाल भ्रमण, विशेष गरी काठमाडौं र पोखराका हरेक व्यक्तिलाई आफ्नो अन्तरजगतको खोजमा प्रेरित गर्न समर्पित छ।

आजको दौडधुप र तनावपूर्ण जीवनमा, हामी आफैंसँग टाढिंदै गएका छौं। सद्गुरु ओशो सिद्धार्थ औलियाको यो कार्यक्रम आफ्नो मूल स्वरूपसँग जोड्ने सुनौलो अवसर रहेको छ।





























प्रतिक्रिया