रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा आज पनि सुनुवाइ नहुने

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा आज पनि सुनुवाइ नहुने

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा आज पनि सुनुवाइ नहुने भएको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा पेसी तोकिएको थियो। तर, प्रधानन्यायाधीश राउतले हेर्न नमिल्ने भन्दै सुनुवाइबाट अलग राखेका हुन् । यससँगै यो निवेदन छैटौँपटक हेर्न नमिल्ने इजलासमा पेसी परेको छ ।

सुप्रिम सहकारी ठगीको अभियोगमा उच्च अदालत बुटवलले थुनामा पठाएपछि रवि लामिछाने त्यसलाई बदर गर्न माग गर्दै सर्वोच्च पुगेका थिए। उक्त निवेदनमा सुनुवाइ हुन समय लाग्ने भएकाले बन्दी प्रत्यक्षीकरणको निवेदन पनि दिएएको अवस्थामा सुनुवाइ हुन नसकेको हो ।

Logo