दुर्गा प्रसाईंलगायतलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईंलगायतलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । गएको चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंलाई थप दुई दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

अनुसन्धान अझै नसकिएको भन्दै प्रहरीले गरेको आग्रहमा जिल्ला अदालत काठमाडौंले प्रसाईंसहित ५३ जनालाई थप दुई दिन हिरासतमा अनुमति दिएको हो । परिसरले तीनकुने घटनाको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ। प्रसाईंसहित २६ जनाविरूद्ध राज्यविरूद्धको कसुर, संगठित अपराधमा अनुसन्धान भइरहेको छ भने बाँकीमाथि आपराधिक उपद्रवमा अनुसन्धान भइरहेको बताइएको छ ।

चैत १५ गते तीनकुनेमा भएको राजावादी समूहले गरेको प्रदर्शनमा २ जनाको ज्यान जानुका साथै दर्जनौं घाइते भएका थिए । प्रसाईं आन्दोलन हिंसात्मक बनाउन मद्धत गर्दै भारत भागेका थिए, पछि नेपाल प्रहरीले भारतबाटै पक्राउ गरेर ल्याएको हो ।

Skip This
Skip This
Logo