रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन आज पनि ‘हेर्दाहेर्दै’मा

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन आज पनि ‘हेर्दाहेर्दै’मा

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपांका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।

न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिट निवेदनसँगै पूर्वडीआईजी छविलाल जोशीको रिटमाथि मङ्गलवारदेखि सुनुवाइ जारी छ । तर बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

आज रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेपछि पूर्वडीआईजी जोशीका कानुन व्यवसायीले बहस गरेका थिए ।सरकारका गोविन्द खनाल, लोकराज पराजुली लगायतले बहस गरेका छन् ।

भोलि सरकारी वकिलको बहस सकिएपछि पीडितका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन् ।

 सुप्रिम सहकारी ठगीको अभियोगमा उच्च अदालत बुटवलले थुनामा पठाएपछि रवि लामिछाने त्यसलाई बदर गर्न माग गर्दै सर्वोच्च पुगेका थिए । उक्त निवेदनमा सुनुवाइ हुन समय लाग्ने भएकाले वैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले बन्दी प्रत्यक्षीकरण रिट पनि दायर गरेकी थिइन् । लामिछानेलाई रुपन्देही जिल्ला अदालतले भने एक करोड रुपैयाँ धरौटीमा छाडेको थियो। उच्च अदालतले जिल्लाको आदेश उल्टाइदिएपछि उनी हाल रुपन्देही कारागारमा छन्।

Logo