फल्चा काठमाडौं उपत्यकाको पहिचान र सांस्कृतिक धरोहर हो -मेयर बालेन

फल्चा काठमाडौं उपत्यकाको पहिचान र सांस्कृतिक धरोहर हो -मेयर बालेन

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले फल्चा काठमाडौं उपत्यकाको पहिचान र सांस्कृतिक धरोहर भएको बताएका छन् ।

फल्चा केवल ऐतिहासिक संरचना मात्र नभएकाले यसको संरक्षण र पुनर्निर्माणमा महानगर निरन्तर लागि परेको बताएका हु्न् ।फल्चा प्राचीनकालदेखि नेवा संस्कृतिमा सामाजिक एकताको केन्द्र रहँदै आएको उनको भनाइ छ। ‘मलाई पहिलेदेखि लाग्थ्यो, फल्चाहरूको सामाजिक र सांस्कृतिक महत्व ठूलो छ तर, यी विस्थापित हुँदैछन्। यसलाई तस्विर र संग्राहलयमा राख्ने होइन, तिनको संरक्षण, उपयोग र प्रवर्द्धन आजको आधुनिक विकासको दौडमा पनि अपरिहार्य छ।

त्यसैले सोच्थेँ, कम्तिमा, हरेक बस स्टपमा यात्रुहरूलाई हाम्रो आफ्नो मौलिकता भएको फल्चा राख्न पाए कति राम्रो हुन्थ्यो। अहिले त्यहीअनुरूप कामहरू भइरहेका छन्,’ फेसबुकमा उनले लेखेका छन्, ‘फल्चा केवल ऐतिहासिक संरचना मात्र होइन, काठमाडौं उपत्यकाको पहिचान र सांस्कृतिक धरोहर हो ।’ 

उनले काठमाडौं महानगरपालिकाले विभिन्न सडकखण्डमा बस बिसौनी (फल्चा) निर्माण कार्य निरन्तर गर्दै आएको बताएका छन् ।

Skip This
Skip This
Logo