नागरिकको अभिव्यक्ति स्वतन्त्रता संकुचनमा पर्ने अवस्था आयो -अध्यक्ष मगर

नागरिकको अभिव्यक्ति स्वतन्त्रता संकुचनमा पर्ने अवस्था आयो -अध्यक्ष मगर

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले पछिल्लो समय नागरिकको अभिव्यक्ति स्वतन्त्रता संकुचनमा पर्ने अवस्था उत्पन्न भएको बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगको २५औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले सञ्चारकर्मीहरु असुरक्षित रहेको र सञ्चारगृहमाथि क्षति पुगेको भन्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘नागरिकको अभिव्यक्ति स्वतन्त्रतासँग मावन अधिकारको अन्योन्यास्रित सम्बन्ध रहन्छ । सुचना प्रवाहको कार्यमा खटिरहेका सञ्चारकर्मीहरु नै असुरक्षित रहेको, समचार संकलनका लागि खटिदा उनीहरुलाई हतोत्साही बनाएको, सञ्चारगृहमाथि समेत क्षति पुगेका कारण अभिव्यक्ति स्वतन्त्रता नै संकुचितमा पर्ने अवस्था उत्पन्न भएको सुचनाहरु आयोगले प्राप्त गरिरहेको छ ।’

उनले मानव अधिकारका मुद्दामा आयोगले कारवाहीको सिफारिसमा कार्यन्वयन नहुदा ढण्डहीनताले प्रशय पाएको बताए । उनले आव २०८१/८२ को प्रारम्भदेखि हालसम्मको अवधिमा आयोगमा मानव अधिकारको उल्लघन सम्बन्धी ५८ वटा उजुरी दर्ता भएको र १६४ वटा उजुरीहरु फर्सौट गरिएको जानकारी दिए ।

Skip This
Skip This
Logo