कोटेश्वर भाटभटेनी लुटपाट गर्ने १० जनालाई धरौटीमा रिहा गर्न अदालतकाे आदेश

कोटेश्वर भाटभटेनी लुटपाट गर्ने १० जनालाई धरौटीमा रिहा गर्न अदालतकाे आदेश

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । गत चैत १५ मा काठमाडौ‌को तीनकुनेमा भएको राजावदीको प्रदर्शनका क्रममा कोटेश्वर भाटभटेनी डिपार्टमेन्ट स्टोरमा लुटपाट गर्नेहरूलाई अदालतले धरौटीमा छाड्न आदेश गरेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेको इजलासले बुधबार थुनछेक बहसपछि १० जनालाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो ।

यसरी छुट्नेमा आपराधिक उपद्रव कसुरका प्रतिवादी श्रवण कुमार लामा र समिर मगर छन् । उनीहरुलाई अदालतले ७० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ । साथै रविरन्जन कुमार सिंह, आशिक कुमार महतो र प्रेम कुमार महतोसँग ३५ हजार धरौटी माग गरेको छ । गोविन्दा राय, सुशिला कुमाल र राधेश्याम यादवलाई जनही २० हजारमा रिहा गर्न आदेश गरेको छ ।

एलिसा राई ‘लक्ष्मी’ र दिनेश महतोसँग भने जनही १० हजार धरौटी माग गरिएको छ ।

Logo