राजावादी समूहद्वारा काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता

राजावादी समूहद्वारा काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । राजावादी समूहले घाेषणा गरेकाे काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ ।

राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित आन्दोलनरत संयुक्त जनआन्दोलन समितिले आन्दोलनको कार्यक्रममा पक्राउ परेका सबै रिहा भइसकेकाले जेठ १९ गतेलाई तोकिएको बन्दको कार्यक्रम फिर्ता लिएको हो ।

समितिका संयोजक नवराज सुवेदीले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘जेठ १८ गते प्रदर्शनको क्रममा हिरासतमा लिइएका हाम्रा सबै साथीहरु रिहा भइसकेको अवस्था मध्यनजर गर्दै जेठ १९ गतेलाई तोकिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिइएको जानकारी गराइन्छ ।’

आइतबार भएको प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री कमल थापासहित सात जनालाई रिहा गरिएको छ । निषेधित क्षेत्र तोड्न खाेजेपछि दिउँसो पक्राउ गरिएकामा राति सात जनालाई छाडिएको र एक जनालाई भने हिरासतमै राखिएको हाे ।

Skip This
Skip This
Logo