काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने भएको छ ।
टेलिकमको बिलिङ प्रणाली, मर्मत शुल्कलगायतमा भ्रष्टाचार भएको भन्दै अख्तियारले पहाडीसहि १८ जनाविरुद्ध भ्रष्टाचार चलाउने निर्णय गरेको हो । उनीहरुविरुद्ध ३३ करोड बिगो दाबी गरिएको छ ।
नेपाल टेलिकमबाट प्रतिस्पर्धाविना करिव ३ अर्ब १५ करोड रुपैयाँको ठेक्का सम्झौतामा कैफियत देखिएपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।































प्रतिक्रिया