काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ ।
उच्चका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेको पक्षमा आदेश गर्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बन कारबाही कार्यान्वयन नगर्न आदेश दिएको हो ।
गुरागाईंले जेठ २० गते पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए । चैत २१ गते आफूलाई कार्यालयमा छिर्न नदिई हुलहुज्जत गरेको आरोपमा जेठ ६ गते उनलाई स्पष्टीकरण सोधिएको थियो, स्पष्टीकरण बुझाए पनि चित्तबुझ्दो नभएको भन्दै कारबाही गरेका हुन् ।































प्रतिक्रिया