काठमाडौं । साइबर अपराधको मुद्दा खेपेका पत्रकार दिलभूषण पाठक अदालतमा हाजिर भएका छन्।
उनी बिहीबार बिहान काठमाडौं जिल्ला अदालतमा हाजिर भएका हुन् । उनको आजै बयान लिएर थुनछेक बहस सुरू गर्ने तयारी भएको बताइएको छ।
पत्रकार पाठकले ‘टफ टक विथ् दिलभूषण पाठक’ नामको युट्युब च्यानलमार्फत हिलटन होटल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाबारे भिडिओ रिपोर्ट प्रसारण गरेका थिए। त्यही भिडिओबारे उजुरी परेपछि उनीविरूद्ध साइबर ब्युरोले पुर्जीसमेत लिएको थियो। तर, असार ५ गते उच्च अदालत पाटनले पक्राउ नगर्न भनेको थियो।





























प्रतिक्रिया