रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको भन्दै ट्राफिक सईमाथि छानबिन सुरु

रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको भन्दै ट्राफिक सईमाथि छानबिन सुरु

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियानमा सहभागी भएको आरोपमा नेपाल प्रहरीका ट्राफिक सई कमल खड्कामाथि छानबिन सुरु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हाल सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर आरोपमा भैरहवा कारागारमा छन् । उनलाई सानो पाइला सहकारी ठगी प्रकरणमा पर्सा जिल्ला अदालतमा मुद्दा दायर भएको छ, जहाँ उनलाई र नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई कारागारबाट झिकाएर बयान लिने तयारी भइरहेको छ ।

यी आरोपहरूमा लामिछानेले गोरखा मिडिया नेटवर्कमार्फत सहकारीको रकम अपचलन गरेको दाबी गरिएको छ । यही सन्दर्भमा रास्वपाले लामिछानेमाथिको कारबाही राजनीतिक प्रतिशोधबाट प्रेरित भएको भन्दै नागरिकस्तरबाट हस्ताक्षर अभियान चलाएको छ ।

यो अभियानले लामिछानेलाई निर्दोष ठहर गर्न र उनको रिहाइको माग गर्न जोड दिएको छ । तर, यही अभियानमा नेपाल प्रहरीका ट्राफिक सई खड्काले हस्ताक्षर गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि उनको जिम्मेवारीमाथि प्रश्न उठाउँदै जिम्मेवारी खोसिनुका साथैं हेडक्वाटर नै झिकाएर अनुसन्धान सुरु गरिएको हो ।

Skip This
Skip This
Logo