ललितपुर महानगरले सम्पदाको क्षेत्रमा कायापलट गरेको छ -प्रमुख चिरिबाबु महर्जन

ललितपुर महानगरले सम्पदाको क्षेत्रमा कायापलट गरेको छ -प्रमुख चिरिबाबु महर्जन

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महालक्ष्मी मन्दिरको अलङ्कार निर्माणको लागि चाँदी हस्तान्तरण गरेको छ ।

शुक्रबार ललितपुरमा एक कार्यक्रमको आयोजना गर्दै उनले महालक्ष्मी मन्दिरको अलङ्कार निर्माणको सन्दर्भमा ललितपुर महानगरपालिकाले लगभग २९ सय ४१ तोला चाँदी हस्तान्तरण गरेको बताए ।

उनले भने, ‘चाँदी मन्दिरको लागि भनेर दिएको यो पहिलो पटक हो । हामीसँग यसको अनुभव छैन् । लगभग २९ सय ४१ तोला चाँदी हामीले हस्तान्तरण गरेका छौं । हस्तान्तरणपछिको काम गराउने अवस्थामा केही भन्न नसक्ने र आरोप लगाउन नसक्ने गरि काम गर्नको लागि अनुरोध गर्न चाहन्छु ।’

यस्तै, उनले महानगरमा अहिलेसम्म धेरै क्षेत्रमा धेरै काम गरेपनि त्यो मध्य सम्पदाको क्षेत्रमा कायापलट नै हुनेगरी काम गरेको बताए ।

Skip This
Skip This
Logo